+
+

वीरगञ्जमा सुक्न थाल्यो चापाकल, खानेपानीको अभाव   

रासस रासस
२०८१ वैशाख २९ गते १५:४६

२९ वैशाख, वीरगञ्ज । वीरगञ्ज महानगर क्षेत्रमा सुक्खायामका कारण चापाकल सुक्न थालेपछि खानेपानीको चर्को अभाव देखिएको छ ।

घर–घरमा गाडिएको चापाकल सुकेर खानेपानीको अभाव भएसँगै नेपाल खानेपानी संस्थान शाखा कार्यालय वीरगञ्जमा नयाँ धारा जडानका लागि सर्वसाधारण आउने क्रम बढेको छ ।

अहिले कार्यालयमा दैनिक सयौँको सङ्ख्यामा नयाँ धारा जडानको लागि निवेदन लिएर आउने गरेका छन् । खानेपानी संस्थान शाखा कार्यालयका वितरण प्रमुख सञ्जीवकुमार यादवले गत वर्षदेखि वीरगञ्ज बजार क्षेत्रका अधिकांश चापाकल सुकेसँगै सर्वसाधारण खानेपानीको लाइन जडान गर्न आउन थालेका बताए ।

‘विगतमा घरमा गाडिएको चापाकलमा पर्याप्त पानी आउँदासम्म खानेपानीको धारा जडानमा स्थानीयवासीको खासै रुचि देखाउँदैन्थे । गत वर्षको हिउँदेयामदेखि चापाकल सुकेर पानीको सङ्कट महसुस गरेपछि अहिले खानेपानी संस्थानमा धारा जोड्नेको घुइँचो नै लाग्ने गरेको छ’, उनले भने ।

वितरण प्रमुख यादवले चालु आर्थिक वर्षको हालसम्मको अवधिमा मात्रै दुई हजार चार सयभन्दा धेरै नयाँ धारा जडान भएको जानकारी दिए । ‘गत आवको अन्त्यसम्म महानगर क्षेत्रमा आठ हजार चार सय घरधुरी मात्रै ग्राहक थिए’, उनले भने, ‘खानेपानीको चर्को सङ्कट हुन थालेपछि अहिले कूल ग्राहक सङ्ख्या १० हजार आठ सयभन्दा धेरै पुगिसकेको छ ।’

वडा कार्यालयको सिफारिसमा संस्थानले छ हजार तीन सय ७० रुपैयाँ लिएर नयाँ धारा जडान कार्य अघि बढाउँदै आइरहेको छ ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?