+
+

पानी परेपछि बल्ल किसानले छर्न थाले मकै

रासस रासस
२०८१ वैशाख २९ गते १६:५२
खेती गरिरहेको फाइल तस्वीर ।

२९ वैशाख, बैतडी । लामो समयको खडेरीपछि वर्षा हुँदा यहाँका किसानलाई राहत मिलेको छ । वर्षा भएपछि उनीहरुलाई खेतीपाती गर्न सहज भएको छ ।

वर्षा भएपछि मकै छर्न तथा अन्य बालीनाली लगाउन सहज भएको दोगडाकेदार गाउँपालिका–३ का किसान फुनडी विष्टले बताए । उनले भने, ‘लामो समयको खडेरीपछि पानी परेको छ, अब यसले बालीनालीलाई फाइदा पुग्नेभयो ।’

वर्षाले तरकारी बाली र फलफूल खेतीमा सिँचाइको काम गरेको दार्चुलाको लेकमका किसान मानबहादुर कार्कीले बताए । मकै छर्न तयार भएका किसान वर्षापछि खुसी भएका छन् । सिँचाइ अभावमा तरकारी बाली र फलफूल सुक्न थालेका थिए । बैतडीमा मकैखेती १४ हजार पाँच सय हेक्टर जग्गामा गरिँदै आएको छ ।

यसैबीच वर्षापछि यहाँका वनजङ्गलमा लागेको डढेलो पनि नियन्त्रणमा आएको छ । डढेलोका कारण वायुप्रदूषण बढेको थियो । वर्षापछि प्रदूषण कम भएको छ । बैतडीका एक सयभन्दा बढी वनमा डढेलो लागेको थियो ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?