+
+

ट्रान्सजेन्डर महिलाको बौद्धिक तथा सौन्दर्य प्रतियोगिता हुने

रासस रासस
२०८१ वैशाख २९ गते १७:५०

२९ वैशाख, काठमाडौं । यौनिक तथा अल्पसङ्ख्यक (ट्रान्सजेन्डर) महिलाहरूको बौद्धिक तथा सौन्दर्य प्रतियोगिता हुने भएको छ ।

निलहिरा समाजले शनिबार काठमाडौंमा आयोजना गरेको पत्रकार सम्मेलनमा यौनिक तथा अल्पसङ्ख्यक महिलाहरूको क्षमता अभिवृद्धिका लागि आगामी जेठ ३ गते प्रतियोगिता गर्न लागिएको समाजका सदस्य सिम्रन शेरचनले जानकारी दिइन् ।

यौनिक तथा अल्पसङ्ख्यक समुदायको घृणाविरुद्धको दिवस पारेर समाजले प्रतियोगिता गर्न लागिएको हो । विश्व स्वास्थ्य सङ्गठनले ११९० मे १७ तारिखमा यौनिक तथा अल्पसङ्ख्यक मानसिक रोग होइन भनेर घोषणा गरेको अवसरमा दिवस मनाउँदै आएका छन् ।

यसबर्ष ‘कोही पनि पछाडि नपारिउन : सबैको समानता र सामाजिक न्याय कायम होस्’ भन्ने नाराका साथ दिवश मनाइँदै छ ।

राष्ट्रिय नाचघरमा प्रतियोगिता हुनेछ । १९ जना सहभागी हुने प्रतियोगितामा प्रथम हुनेलाई एक लाख, दोस्रोलाई ७५ हजार राशीसहित प्रमाणपत्र दिइने छ । शेरचनका अनुसार प्रतियोगितामा प्रथम हुनेलाई थाइल्याण्डको बैककमा हुने ट्रान्सजेन्डर सौन्दर्य प्रतियोगिता सहभागी गराइने छ ।

आयोजक संस्थाले प्रतियोगितामा सहभागी हुनेलाई क्षमता अभिवृद्धि र व्यक्तित्व विकासका लागि १५ दिनसम्म तालिम दिइएको थियो ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?