
२९ वैशाख, ललितपुर । वर्षा र सहकालका देवता मानिने रातो मत्स्येन्द्रनाथको रथ शनिबारदेखि तान्न सुरु गरिएको छ ।
पुल्चोकमा निर्माण गरिएको रथ शनिबार बाजागाजासहित गःबहाल पुर्याइनेछ । १२ वैशाखबाट सुरु गरिएको रथ निर्माण सकिएपछि २७ वैशाखमा मत्स्येन्द्रनाथलाई रथारोहण गराइएको थियो ।
रातो मत्स्येन्द्रनाथको रथलाई अहिले ललितपुर महानगरपालिकाबाट गःबहालतर्फ लगिएको छ । रथलाई पाटनका सबै टोल घुमाएपछि असार शुक्ल चौथीमा जावलाखेल पुर्याएर भोटो देखाई अन्त्य गर्ने चलन छ ।
शनिबार रथयात्रा हेर्नका लागि ललितपुर महानगरपालिकाका नगरप्रमुख चिरीबाबु महर्जनको निमन्त्रणामा युरोपेली युनियन, फ्रान्स, इजरायल, नर्वे, दक्षिणकोरिया, स्विट्जरल्याण्ड, थाइल्याण्ड, संयुक्त अधिराज्य लगायत देशका राजदूत र विश्व बैंक, युनिसेफ, युएसएआईडी, एसियाली विकास बैंक लगायत निकायका प्रतिनिधिहरु आएका छन् ।
हेर्नुहोस् तस्वीरहरु
प्रतिक्रिया 4