+

फुलहममाथि सिटीको सहज जित

२०८१ वैशाख  २९ गते १९:५४ २०८१ वैशाख २९ गते १९:५४
फुलहममाथि सिटीको सहज जित

२९ वैशाख, काठमाडौं । यस्को भार्डिओलको दुई गोलको मद्दतमा म्यानचेष्टर सिटीले फुलहमलाई हराएको छ । यससँगै सिटी शीर्ष स्थानमा उक्लिएको छ ।

शनिबार फुलहमको घरेलु मैदानमा भएको खेलमा म्यानचेष्टर सिटीले ४–० को जित निकाल्यो ।

खेलको सुरुदेखि अन्त्यसम्म घरेलु टोलीमाथि हावी भएको म्यानचेष्टर सिटीले १३औं मिनेटमा भार्डिओलको गोलबाट अग्रता लिएको थियो । बाँकी तीन गोल दोस्रो हाफमा भयो ।

५९औं मिनेटमा फिल फोडेनले गोल गरे भने ७१औं मिनेटमा भार्डिओलले व्यक्तिगत दोस्रो गोल गरे । इन्जुरी टाइमको अन्त्यतिर इसा डियापले दोस्रो पहेँलो कार्डसँगै रेड कार्ड पाएपछि फुलहम १० खेलाडीमा सीमित भयो ।

त्यसको फाइदा उठाउँदै अल्भारेजले गोल गरेपछि म्यानचेष्टर सिटी ४–० ले विजयी भयो । जितसँगै सिटी ३६ खेलबाट ८५ अंकका साथ शीर्ष स्थानमा उक्लिएको छ भने समान खेल खेलेको आर्सनल ८३ अंकका साथ दोस्रो स्थानमा छ ।

प्रिमियर लिग फुटबल म्यानचेस्टर सिटी
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय