+
+

काठमाडौंको बत्तीसपुतलीमा युवकको हत्या, ४ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख ३० गते ६:२८
अस्पतालमा राखिएको शव । फाइल फोटो

३० वैशाख, काठमाडौं । काठमाडौंको बत्तीसपुतलीमा एक युवकको हत्या भएको छ । गएराति मोरङ घर भई कुमारी टोलमा बस्दै आएका २४ वर्षीय शम्भु धिमालको  हत्या भएको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी बसन्त रजौरेले धिमालको बीच बाटोमै हत्या भएको बताए । सो घटना अनुसन्धानका लागि चार जनालाई पक्राउ गरिएको जानकारी पनि उनले दिए ।

हत्याको कारण भने खुलेको छैन । प्रारम्भिक अनुसन्धानमा आपसी विवादमा हत्या भएको जस्तो देखिएको छ ।

धिमाललाई गएराति नै सिनामंगलस्थित केएमसी अस्पताल पुर्याइएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?