+

रियल मड्रिडको सहज जित

२०८१ वैशाख  ३० गते ८:५४ २०८१ वैशाख ३० गते ८:५४
रियल मड्रिडको सहज जित

३० वैशाख, काठमाडौं । स्पानिस ला लिगाको उपाधि पक्का गरिसकेको रियल मड्रिडले ग्रानडाविरुद्ध सहज जित हात पारेको छ ।

ब्राहिम डियाजको दुई गोलमा रियलले ग्रानडालाई उसैको मैदानमा ४-० ले पराजित गरेको हो । डियाजले खेलको ४९औं र ५८औं मिनेटमा गोल गरे ।

यस्तै फ्रान गार्सियाले ३८औं तथा अर्दा गुलेरले पहिलो हाफको इन्जुरी टाइममा गोल गरे ।

उपाधि पक्का गरिसकेको रियलको ३५ खेलबाट ९० अंक भएको छ ।

उता ग्रानडा भने यसअघि नै रेलिगेसनमा परिसकेको छ । ग्रानडाको ३५ खेलबाट २१ अंक मात्र छ र पूछारबाट दोस्रोमा छ ।

 

रियल मड्रिड
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय