+
+

धनुषाबाट खैरो हेरोइनसहित २ युवक पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख ३० गते ९:२२

३० वैशाख, जनकपुरधाम । धनुषाबाट लागुऔषध खैरो हेरोइनसहित दुई युवक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा महोतरीको बर्दिबास नगरपालिका २ का २३ वर्षीय दिपक महतो र २८ वर्षीय सुभाष परियार छन् ।

दुवै जनालाई शनिबार अपराहन्न साढे ४ बजेको समयमा पूर्वपश्चिम लोकमार्ग अन्तर्गत धनुषाको मिथिला नगरपालिका ९ बडहडीबाट प्रहरीले चेकजाँचको क्रममा पक्राउ गरेको हो ।

दुवै जनाको साथबाट ४.२ ग्राम खैरो हेरोइन जस्तो देखिने लागूपदार्थ बरामद गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका सूचना अधिकारी उपेन्द्र खरेलले जानकारी दिए ।

दुवै जनालाई इलाका प्रहरी कार्यालय ढल्केबरमा राखेर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?