+
+

नेपाल लाइफ इन्स्योरेन्सको नाफा २२ प्रतिशत बढ्यो

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख ३० गते ९:३९

३० वैशाख, काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिसम्म ६० करोड खुद नाफा कमाएको छ । कम्पनीको यो नाफा गत आवको यसै अवधिको तुलनामा २२ प्रतिशत बढी हो ।

कम्पनीले गत आवको तेस्रो त्रैमासमा ४९ करोड १२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । कम्पनीको खुद प्रिमियम आम्दानी बढेको छ । पहिले यस्तो आम्दानी २६ अर्ब ८४ करोड रुपैयाँ रहेकोमा अहिले २९ अर्ब १२ करोड पुगेको छ ।

कर्जा तथा अन्य लगानीवापतको आम्दानी पनि बढेको छ । यस्तो आम्दानी पहिले ९ अर्ब ९६ करोड रहेकोमा अहिले १० अर्ब ९३ करोड छ । कम्पनीको प्रतिसेयर आम्दानी ९ रुपैयाँ ८० पैसा छ । गत आवको तेस्रो त्रैमासमा प्रतिसेयर आम्दानी ८ रुपैयाँ थियो । कम्पनीको प्रतिसेयर नेटवर्थ १४८ रुपैयाँ ६५ पैसा छ । कम्पनीको रिटेन्ड अर्निङ २ अर्ब २९ करोड रुपैयाँ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?