+
+

साढे ६ अर्बको बिजुली बेच्दा पनि माथिल्लो तामाकोशी १ अर्ब ३९ करोड नोक्सानीमा

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख ३० गते ११:४५

३० वैशाख, काठमाडौं । माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले साउनदेखि चैत मसान्तसम्म ९ महिनाको अवधिमा ६ अर्ब ५३ करोड रुपैयाँको बिजुली बिक्री गरेको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार विद्युत् बिक्री आम्दानी समीक्षा अवधिमा ५.८ प्रतिशत बढी हो । गत आवको यसै अवधिमा यस्तो आम्दानी ६ अर्ब १७ करोड रुपैयाँ थियो ।

विद्युत् बिक्री आम्दानी उल्लेख्य देखिए पनि कम्पनी भने नोक्सानीमा छ । तेस्रो त्रैमासिक अवधिसम्म यो कम्पनी १ अर्ब ३९ करोड नोक्सानीमा छ । यद्यपि कम्पनीको नोक्सानी पहिलेको तुलनामा घटेको छ । गत आवको तेस्रो त्रैमासमा यस्तो नोक्सानी २ अर्ब २ करोड थियो ।

बिजुली बिक्री आम्दानी उल्लेख्य हुँदा पनि कम्पनी नोक्सानीमा जानुको मुख्य कारण उच्च वित्तीय लागत हो । कम्पनीले ऋणवापत बुझाउनुपर्ने साँवा तथा ब्याज रकम उच्च हुँदा नोक्सानी देखिएको छ।

तेस्रो त्रैमाससम्म कम्पनीको वित्तीय लागत नै ४ अर्ब ६९ करोड रुपैयाँ छ । यद्यपि वित्तीय लागत पोहोरको तुलनामा घटेको देखिन्छ । पहिले यस्तो खर्च ५ अर्ब ११ करोड थियो । चैत मसान्तसम्म कम्पनीको दीर्घकालीन ऋण नै ७२ अर्ब ६१ करोड रुपैयाँ छ ।

ब्याजसहित यो रकम भुक्तानी गर्दै जाँदा कम्पनीको नाफालाई वर्षौंसम्म असर पर्ने देखिन्छ । कम्पनीको प्रतिसेयर आम्दानी ६ रुपैयाँ ५७ पैसा ऋणात्मक छ । प्रतिसेयर नेटवर्थ ६३ रुपैयाँ २५ पैसा छ । हाल यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता १६२ रुपैयाँ हाराहारीमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?