+
+

संसदको गतिरोधमा प्रधानमन्त्री : भोलिसम्म निष्कर्ष निस्किन्छ

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख ३० गते ११:३०

३० वैशाख, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सदनको गतिरोध अन्त्यको विषयमा सोमबारसम्म निष्कर्ष निस्किने विश्वास व्यक्त गरेका छन् ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससँग सकारात्मक कुराकानी भएकाले सोमबारसम्म निष्कर्ष निस्किने र मंगलबार सरकारको नीति तथा कार्यक्रम सहज रुपमा संसदमा प्रस्तुत हुने प्रधानमन्त्री प्रचण्डको विश्वास छ ।

आज बिहान न्युज एजेन्सी नेपाललाई प्रतिक्रिया दिँदै प्रधानमन्त्री प्रचण्डले भने, ‘गम्भिरतापूर्वक प्रतिपक्षसँग आज कुरा भएको छ । अन्तिम निष्कर्षमा नपुगे पनि मलाई के विश्वास भएको छ भने भोलि बेलुकासम्म हामी एउटा निष्कर्ष निकालेर नीति कार्यक्रम सहज ढंगले अगाडि बढाउने वातावरण बन्छ ।’

सरकारको नीति तथा कार्यक्रम मंगलबार संघीय संसदमा प्रस्तुत हुँदैछ । तर सहकारी संस्थाको रकम अनियमितता प्रकरणमा मुछिएका उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने उपर छानबिन गर्न संसदीय समिति गठन हुनुपर्ने माग गर्दै नेपाली कांग्रेसले संसदमा अवरोध गर्दै आएको छ ।

अवरोध अन्त्यको प्रयासमा प्रधानमन्त्री प्रचण्डले आज बिहान कांग्रेस सभापति शेरबहादुर देउवासहितका नेताहरुसँग छलफल गरेका थिए । छलफलबाट ठोस निष्कर्ष भने निस्किएको छैन ।

यद्यपि छलफलपछि नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले पनि आफूहरुको मागमा प्रधानमन्त्री प्रचण्ड सकारात्मक रहेको बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?