+

ललितपुर मेयर्स कपमा सुदूरपश्चिमको विजयी सुरुवात

२०८१ वैशाख  ३० गते १३:०७ २०८१ वैशाख ३० गते १३:०७
ललितपुर मेयर्स कपमा सुदूरपश्चिमको विजयी सुरुवात

३० वैशाख, काठमाडौं । सुदूरपश्चिम प्रदेशले ललितपुर मेयर्स वुमन्स च्याम्पियनसिपमा ललितपुर ११ लाई डकवर्थ लेविस पद्धतिको आधारमा १६ रनले हराउँदै विजयी सुरुवात गरेको छ ।

१२३ रनको लक्ष्य पछ्याएको ललितपुर मेयर्स ११ ओभरमा २ विकेट गुमाउँदै ४५ रन बनाएको थियो । वर्षाको कारण त्यसपछि खेल हुन नसकेपछि डकवर्थ लेविसमा सुदूरपश्चिम विजयी भएको हो ।

कप्तान पूजा महतो १४ र सरस्वती जिएम १२ रनमा नट आउट रहिन् । लक्ष्मी चौधरी १० र साना प्रविन ६ रनमा आउट भइन् । सुदूरपश्चिमकी ऋतु कनौडिया र जानकी थापाले १/१ विकेट लिइन् ।

त्यसअघि त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले २० ओभरमा ६ विकेट गुमाउँदै १२२ रन बनाएको थियो । सुदूपश्चिमकी कप्तान बिन्दु रावलले २८ बलमा ३ चौकासहित ३० रन बनाइन् । उनी नै खेलको प्लेयर अफ द म्याच चुनिइन् ।

कविता जोशी २० बलमा २ छक्कासहित २५, लक्ष्मी साउद १५, सावित्री धामी १०, सम्झना खड्का १३ र रुवि पोदार २ रनमा आउट भइन् ।

ललितपुर मेयर्स–११ की आरती महतो र कृतिका मरासिनीले २–२ विकेट लिइन् । पूजा महतो र तिर्सना विश्वकर्माले १/१ विकेट लिइन् ।

पहिलो खेलमा ललितपुरले बागमती प्रदेशलाई ७ विकेटले हराएको थियो । आजको दोस्रो खेलमा कोेशी र एपीएफबीच खेल हुने तालिका थियो । तर मैदानमा निरन्तर वर्षा भएको हुँदा पुनः खेल हुने सम्भावना भने देखिंदैन ।

ललितपुर मेयर्स वुमन्स च्याम्पियनसिप सुदूरपश्चिम
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय