
३० वैशाख, काठमाडौं । गैरकानुनी सम्पत्ति आर्जनको मुद्दामा पक्राउ परेका सुरक्षण मुद्रण केन्द्रका तत्कालिन कार्यकारी निर्देशक विकल पौडेल थप १० दिन अख्तियारको हिरासतमा रहने भएका छन् ।
उनलाई १० दिन हिरासतमा राखेर अनुसन्धान गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतबाट अनुमति लिएको छ ।
यसअघि नै अख्तियारले उनीविरुद्ध आफ्नो ओहोदा ढाँटेर सार्वजनिक पद लिएको आरोपमा भ्रष्टाचार मुद्दा दायर गरिसकेको छ । अमेरिकाको पीआर लिइसकेपछि नेपालको सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशक बनेको आरोप उनीमाथि छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4