+
+

उदयपुरको सिवाई-बेल्हा जोड्‍ने सडक बाढीले बगायो

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख ३० गते १३:३५

३० वैशाख, काठमाडौं। उदयपुरको चौदण्डीगढी नगरपालिका–५ सिवाई र बेल्हा जोड्ने सडक त्रियुगा नदीमा आएको बाढीले बगाएको छ ।

आइतबार  भारी वर्षाका कारण नदीमा आएको बाढीले सडक बगाएको चौदण्डी नगरपालिका- ५का  वडाध्यक्ष तुलसीराम ढकालले बताए ।

उनले भने, ‘आज उदयपुरमा भारी वर्षा भयो। यही वर्षाले त्रियुगा नदीमा आएको बाढीले नदी वारपार गर्न बनाइएको सडक बगायो । सडकमा राखिएको १५ वटा ह्‍युमपाइप पनि बगायो।’

उनका अनुसार बाढीले सडक बगाएपछि सिवाई,सुन्दरपुर र बेल्हाका स्थानीयहरू वारपार गर्न थप समस्यामा परेका छन् । स्थानीयहरू दैनिक जाने बेल्टार बजार आउजाउ गर्न थप कठिनाइ हुने उनको भनाइ छ । स्थानीयहरू ज्यान जोखिममा राखेर वारपार गरिरहेको उनले बताए ।

२ वर्षअघि यही ठाउँमा निर्माण सकिनै लागेको पक्की पुल त्रियुगाको बाढीले बगाएको थियो । बगाएको पुल बनाउन उदयपुरका जनप्रतिनिधिसहितको टोलीले माग गरेर पनि भौतिक पूर्वाधार मन्त्रालयलये अहिलेसम्‍म कुनै सुनुवाइ गरेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?