
३० वैशाख, चन्द्रौटा । कपिलवस्तुको वाणगङ्गा नगरपालिका–७ मा कोइली खोलाले बगाउँदा एक जनाको मृत्यु भएको छ ।
वाणगङ्गा ७ का ४० वर्षीय लौटन थारूलाई आइतबार बिहान ७ बजे खोलाले बगाएको थियो । दाउरा सङ्कलन गर्ने क्रममा कोइली खोलामा आएको बाढीले उनलाई बगाएको थियो ।
इलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरीक्षक गोपालजङ्ग रायमाझीले लौटनको शव बगाएको ठाउँबाट २ किलोमिटर तल फेला परेको जानकारी दिए ।
लेखकको बारेमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4