+
+

सभामुख र दलका सचेतकहरू बीचको छलफल सकियो, कांग्रेसको अडान कायमै

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख ३० गते १५:५५

३० वैशाख, काठमाडौं । सभामुख देवराज घिमिरे र प्रमुख राजनीतिक दलका प्रमुख सचेतक, सचेतकहरू बीचको छलफल सकिएको छ ।

सिंहदरबारस्थित कार्यकक्षमा सभामुखका साथै कानून, न्याय तथा संसदीय मामिला मन्त्री, दलका प्रमुख सचेतक र सचेतकहरूको बैठक बसेको थियो ।

सभामुख घिमिरेले नीति तथा कार्यक्रमको तयारी लगायतका विषयमा छलफल गर्न बैठक बोलाएका थिए ।

१ जेठमा सरकारको नीति तथा कार्यक्रम आउने भएको छ । सरकारको नीति तथा कार्यक्रम संसद्को संयुक्त बैठकमा राष्ट्रपतिले प्रस्तुत गर्ने व्यवस्था छ ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले चाहिं गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय छानबिन समितिको माग गर्दै संसद् अवरुद्ध गर्दै आइरहेको छ ।

आजको बैठकमा पनि कांग्रेस आफ्नो अडानबाट पछाडि हटेन । कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले संसदीय छानबिन समिति बनाएर संसद्को अवरोध हटाउन सरकारले अग्रसरता लिनुपर्ने बताए । उनले भने, ‘छानबिन समिति गठनको निर्णयबाट हामी पछि हटेका छैनौं । समिति गठन नभई अन्य कार्यसूचीमा सदन अगाडि बढ्दैन । ’

कानुन न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले सहकारीका विषयमा संसदीय छानबिन समिति गठन गर्न नसकिने बताए । कांग्रेसले नीति तथा कार्यक्रमलाई अरु कुनै विषयसँग सौदाबाजी गर्न नहुने उनले बताए ।

नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले सहकारीका विषयमा संसदीय छानबिन गठन गर्ने विषय कानुन अनुसार नमिल्ने जिकिर गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?