+
+

माओवादीले फिर्ता लियो मधेश सरकारलाई दिएको समर्थन

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख ३० गते १६:५७

३० वैशाख, जनकपुरधाम । नेकपा माओवादी केन्द्रले मधेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।

मधेश सरकारबाट आइतबार नै राजीनामा दिएका माओवादी नेताहरु भरतकुमार साह र युवराज भट्टराईले मुख्यमन्त्री सरोजकुमार यादवलाई दिएको समर्थन फिर्ता लिएको पत्र प्रदेश प्रमुख कार्यालयका निमित्त सचिव लुम्बनाथ पोखरेललाई बुझाएका छन् ।

नेता साहले मधेश सरकारमा भ्रष्टाचार र अनियमितता बढेकाले सरकार छाडेर सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको बताए । प्रदेश प्रमुखको कार्यालयमा समर्थन फिर्ताको पत्र बुझाउनुअघि दुबै मन्त्रीले मुख्यमन्त्री सरोजकुमार यादवलाई भेटेर राजीनामा बुझाएका थिए ।

हेर्नुहोस पत्र : 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?