+
+

कतारबाट आएको अवैध सुनका धनी समातिए

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख ३० गते १८:०५

३० वैशाख, काठमाडौं । कतारबाट आएको अवैध सुनका धनी रहेको एक युवालाई काठमाडौं उपत्यका अपराध अनुसन्धन कार्यालयको टोलीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सुनसरीको रामधुनी नगरपालिका–७ घर भएका ३२ वर्षीय जीवन बस्नेत छन् ।

अपराध अनुसन्धान कार्यालयले २७ वैशाखमा सुनसरीको धरानका ५० वर्षीय विजयकुमार लिम्बुलाई पक्राउ गरेको थियो । लिम्बुले कतारबाट भन्सार छली ५० ग्राम सुन ल्याएका थिए ।

लिम्बुमाथि थप अनुसन्धान गर्दा उक्त सुन बस्नेतको खुलेपछि उनलाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका बस्नेतलाई कारबाहीका लागि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल भन्सार कार्यालय पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?