+

राजस्थानलाई हराएसँगै चेन्नईको प्लेअफ सम्भावना कायमै

२०८१ वैशाख  ३० गते २०:०७ २०८१ वैशाख ३० गते २०:०७
राजस्थानलाई हराएसँगै चेन्नईको प्लेअफ सम्भावना कायमै

३० वैशाख, काठमाडौं । चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ मा राजस्थान रोयल्सलाई ५ विकेटले हराउँदै प्लेअफ सम्भावना बढाएको छ ।

१४२ रनको लक्ष्य पछ्याएको घरेलु टोली चेन्नईले १८.२ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्‍यो । कप्तान ऋतुराज गायकवाड ४१ बलमा १ चौका र २ छक्कासहित सर्वाधिक ४२ रनमा नट आउट रहे ।

ओपनर रचिन रविन्द्र १८ बलमा १ चौका र २ छक्कासहित २७, डर्याल मिचेल २२, मोईन अली १०, शिबम दुबे १८ र रविन्द्र जडेजा ५ रनमा आउट भए । राजस्थानको रविचन्द्रन आश्विनले २, नान्द्रे बर्गर र युजभचेन्द्र चहलले १/१ विकेट लिए ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको राजस्थानले २० ओभरमा ५ विकेट गुमाउँदै १४१ रन बनाएको थियो । राजस्थानका रियान परागले ३५ बलमा १ चौका र ३ छक्कासहित सर्वाधिक ४७ रन बनाए ।

ध्रुब जुरेल २८, यशस्वी जैसवाल २४, जस बटलर २१ र कप्तान सञ्जु स्यामसन १५ रनमा आउट भए । चेन्नईका सिमरजित सिंहले ४ ओभरमा २६ रन खर्चेर ३ विकेट लिए । तुषारदेश पाण्डेले २ विकेट लिए ।

चेन्नई १३ खेलमा ७ मा जित र ६ मा हारसहित १४ अंकका साथ तेस्रो स्थानमा छ । चेन्नईले अन्तिम खेलमा शनिबार बेंगलोरसँग खेल्नेछ । उक्त खेलमा विजयी हुँदा चेन्नई शीर्ष चारमा रहेर प्लेअफ खेल्ने समीकरण छ ।

कोलकाता १२ खेलमा ९ जितसहित १८ अंकका साथ प्लेअफमा पुगेको छ । राजस्थान १२ खेलमा ८ मा जित र ४ मा हारसहित १६ अंकका साथ दोस्रो स्थानमा छ ।

आईपीएल चेन्नई सुपर किंग्स
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय