+

पेरिस ओलम्पिकका लागि दक्षिण एसियाली टेबलटेनिस छनोटको तयारी पूरा, नेपाललाई छनोट हुने अवसर

२०८१ वैशाख  ३० गते २२:०८ २०८१ वैशाख ३० गते २२:०८
पेरिस ओलम्पिकका लागि दक्षिण एसियाली टेबलटेनिस छनोटको तयारी पूरा, नेपाललाई छनोट हुने अवसर

३० बैशाख, काठमाडौं । आगामी जुन-जुलाईमा फ्रान्सको पेरिसमा हुने पेरिस ओलम्पिक २०२४ का लागि टेबलटेनिसको दक्षिण एसियाली अन्तिम छनोट प्रतियोगिताको तयारी पूरा भएको छ ।

प्रतियोगिता सोमबारदेखि लैनचोरस्थित राष्ट्रिय टेबलटेनिस ट्रेनिङ सेन्टरमा सुरु हुँदैछ । यो ओलम्पिकको छनोट राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्र, लैनचौर कभर्ड हलमा जेठ २ गतेसम्म हुनेछ । ओलम्पिकको ३३ औँ संस्करणका लागि दक्षिण एसियाबाट टेबलटेनिसको अन्तिम छनोट नेपालमा हुन लागेको हो ।

आइतबार आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको प्रतियोगिताको निर्देशक तेजेन्द्र सिंह महराले जानकारी दिए ।

नेपाली टेबलटेबल इतिहासमै पहिलो पटक ओलम्पिकको अन्तिम चरणको छनोट नेपालमा आयोजना हुँदैछ र नेपाली खेलाडीका लागि यो ऐतिहासिक अवसर समेत हुनेछ ।

नेपालबाट चार खेलाडी संयोग कपाली, श्यान्टु श्रेष्ठ, नविता श्रेष्ठ र इभाना थापाले पेरिस ओलम्पिकमा छनोट हुनका लागि प्रतिस्पर्धा गर्नेछन् । उनीहरुलाई मोहनदास बासुकलाल र राष्ट्रिय खेलकुद परिषदका मुख्य प्रशिक्षक राजेन्द्र कपालीले प्रशिक्षण दिइरहेका छन् ।

छनोट प्रतियोगितामा नेपाललगायत दक्षिण एसियका बङ्गलादेश, माल्दिभ्स, पाकिस्तान र श्रीलंकाको सहभागिता रहनेछ । पाँच देशबा६ कूल १९ खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।  यस प्रतियोगितामा भारतको उपस्थिति भने छैन । विश्व च्याम्पियन्सीपमा वरीयतामा परेपछि भारत सीधै ओलम्पिकमा खेल्न योग्य भइसकेको छ ।

यस प्रतियोगिताबाट एक पुरुष र एक महिला खेलाडीले सीधै ओलम्पिकको टिकट काट्नेछन् । अहिलेसम्म नेपालका लागि तेक्वान्दो खोलडी सङ्गिना वैद्य र दिपक विष्टले मात्र छनोट चरण पार गरेर ओलम्पिक खेलेको विगत छ ।

नेपालका नम्बर वान खेलाडी नविता श्रेष्ठहरुले आफूहरुको लागि घरेलु मैदानमा ओलम्पिकको छनोट खेल्न पाउनु ठूलो अवसर भएको बताउदै यसलाई सदुपयोग गर्न प्रयास गर्ने बताए ।

यस्तै प्रशिक्षक मोहनदास बासुकलाले पनि नेपालले घरेलु मैदानमा खेल्दा फाइदा भएकोले छनोट हुने सम्भावना पनि बढी रहेको बताए । ‘हामीलाई घरेलु मैदानमा खेल्नुको फाइदा छ । हाम्रो छनोट हुने चान्स ५५-४५ छ । ‘

प्रतियोगताका लागि एसियन टेबलटेनिस युनियनले लेबनानका फाडी कसिसलाई कम्पिटिसन मेनेजर, भारतका गणेशन निलकण्ठ एयरलाई रेफ्री र नेपाला तेजेन्द्रसिंह महरालाई टुर्नामेन्ट डाइरक्टर नियुक्त गरेको छ ।

एसियन टेबलटेनिस युनियनका रिजनल उपाध्यक्ष तथा साउथ एसियन टेबलटेनिस फेडरेसन्सका महासचिव शंकर गौतमले दक्षिण कोरियामा एसियन टेबलटेनिस युनियनसँगको कयौँ बैठकपछि यो प्रतियोगिता नेपाल ल्याउन सफल भएको बताए । उनले यस प्रतियोगिताका लागि एसियन टेबलटेनिस युनियनले २५०० अमेरिकी डलर सहयोग गरेको जानकारी पनि दिए ।

यसबीच ओलम्पिकमा चयन हुने नेपाली टेबलटेनिस खेलाडीलाई प्रायोजकमध्ये एक समाजसेवी सुमन खड्गीले जनही एक लाख र रेड टाइल्सका प्रोप्राइटर सुरज केसीले ५० हजार रुपियाँ प्रदान गर्ने घोषणा गरेका छन् ।

यसैबीच आइतबारै प्रतियोगिताको ड्र समेत सार्वजनिक भएको छ ।

जसमा पुरुषतर्फ नेपाली खेलाडी श्यान्टु श्रेष्ठ ग्रुप वानमा छ । यस ग्रुपमा माल्दिभ्स, बंगलादेश र श्रीलंकन खेलाडी छन् । यस्तै संयोग कपाली रहेको ग्रुप टु मा पनि माल्दिभ्स, बंगलादेश र श्रीलंकन खेलाडी नै छन् ।

पुरुषतर्फ लिग चरणको खेलपछि शीर्ष दुई स्थानमा रहने खेलाडी दोस्रो चरणमा पुग्नेछन् ।

यस्तै महिलातर्फ ९ खेलाडीलाई तीन समूहमा विभाजन गरिएको छ ।

जसमा इभाना थापा ग्रुप टु र नविता श्रेष्ठ ग्रुप थ्री मा छन् । इभाको ग्रुपमा तीन खेलाडी छन् भने नविताको ग्रुपमा चार खेलाडी छन् ।

टेबलटेनिस दक्षिण एसियाली छनोट पेरिस ओलम्पिक
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय