+
+

कांग्रेस संसदीय दलको बैठक बस्दै

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख ३१ गते ६:२६

३१ वैशाख, काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक आज दिउँसो बस्दैछ ।

कांग्रेसले संसदको घटनाक्रमबारे छलफल गर्न दिउँसो एक बजे संसदीय दलको बैठक बस्ने तय गरेको हो ।

आइतबार बसेको पार्टी पदाधिकारी बैठकले सरकार गृहमन्त्री रवि लामिछाने सहकारी ठगीमा संलग्न भएकोबारे संसदीय छानबिन समिति नबनाउनेतर्फ उद्यत भएको निष्कर्ष निकाल्दै थप निर्णय दलको बैठकबाट गर्ने निर्णय गरेको थियो ।

कांग्रेसले सहकारी ठगीमा गृहमन्त्री लामिछानेको संलग्नताबारे संसदीय छानबिन समिति माग गरिरहेको छ । तर, सरकार तयार नभएपछि संसद प्रभावकारी रुपमा सञ्चालन हुनसकेको छैन ।

सरकार छानबिन समिति नबनाई जबरजस्ती अघि बढ्न खोजेको कांग्रेसले आरोप लगाएको छ ।

आजको बैठकमा छानबिन समिति गठनको विषयलाई थप सशक्त बनाएर लैजाने विषयमा छलफल हुने कांग्रेसले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?