+

युनाइटेडलाई हराउँदै आर्सनल शीर्ष स्थानमा फर्कियो

२०८१ वैशाख  ३१ गते ८:३२ २०८१ वैशाख ३१ गते ८:३२
युनाइटेडलाई हराउँदै आर्सनल शीर्ष स्थानमा फर्कियो

३१ वैशाख, काठमाडौं । म्यानचेष्टर युनाइटेडलाई १-० ले पराजित गर्दै आर्सनल प्रिमियर लिगको शीर्ष स्थानमा उक्लिएको छ ।

युनाइटेडलाई उसैको मैदान ओल्डट्राफोर्डमा पराजित गर्न आर्सनलका लागि लियोन्ड्रो ट्रोसराडले २०औं मिनेटमा निर्णायक गोल गरे ।

जितपछि ३७ खेलबाट ८६ अंक जोडेको आर्सनलले म्यानचेष्टर सिटीलाई एक अंकले पछि पारेको छ । तर सिटीले बर्सनलभन्दा एक खेल कम खेलेको छ । सिटीको ३६ खेलबाट ८५ अंक छ ।

आर्सनलको जितपछि प्रिमियर लिगको उपाधि होड अझ रोमाञ्चक बनेको छ । सिटीले उपाधि जित्न बाँकी दुवै खेल जित्नुपर्नेछ । आर्सनलले भने उपाधि जित्न एभरटन विरुद्धको आफ्नो अन्तिम खेल जित्नुपर्नेछ र सिटीले एक खेलमा पराजित हुनुपर्नेछ ।

आर्सनलले भने अब सिटी टोटनहमसँग खेल्दा हारको कामना गर्नेछ ।

आर्सनल प्रिमियर लिग
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय