
३१ वैशाख, काठमाडौं । बलात्कार मुद्दामा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेको पक्षमा सर्वोच्च अदालत परिसर अगाडि नाराबाजी गरेको आरोपमा निकोलस भुसाल पक्राउ परेका छन् ।
भुसाललाई आइतबार साँझपख नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता नवराज अधिकारीले बताए । सन्दीपको मुद्दाको फैसला तत्काल गर्नुभन्दै भन्दै नाराबाजी गरेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।
भुसाल अहिले पनि प्रहरी हिरासतमै रहेको एसपी अधिकारीले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4