+
+

आज साँझसम्म छानबिन समिति बन्ने कांग्रेसको अपेक्षा

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख ३१ गते ११:४७
फाइल फोटो ।

३१ वैशाख, काठमाडौं । नेपाली कांग्रेसको शीर्ष नेताको बैठक प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले छानबिन समिति बनाउने अपेक्षा राख्दै टुंगिएको छ । सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा सोमबार बिहान बसेको बैठकले साँझसम्म प्रधानमन्त्री प्रचण्डले छानबिन समिति बनाउने निर्णय लिने आशा राखेको छ ।

‘छानबिन समिति बनाउन प्रधानमन्त्रीलाई खासै आपत्ति छैन । एमालेको पोजिसन छानबिन समिति बन्नै नदिने छ,’ बैठकमा सहभागी एक नेताले भने, ‘प्रधानमन्त्रीसँग हाम्रो आशा भएर नै आजको संसदीय दलको बैठक सारिएको हो ।’

सोमबार दिउँसो २ बजे बस्ने गरी बोलाइएको संसदीय दलको बैठक मंगलबार बिहानका लागि सारिएको छ । बैठकमा सोमबार साँझसम्म छानविन समिति बनाउने गरी प्रधानमन्त्रीले पहल लिने अपेक्षा सहितको छलफल भएको थियो । ‘प्रधानमन्त्रीले आज साँझसम्म कांग्रेसलाई बोलाएर छानविन समितिका बारेमा समझदारी गराउने हाम्रो आशा छ । बैठकमा त्यसै वरिपरि छलफल भयो,’ ती नेताले भने ।

कांग्रेस बैठकमा सत्तारुढ दलमा एमाले बाहेक अन्य दल छानबिन समितिको चर्को विरोधी नरहेको छलफल भएको थियो । ‘रास्वपा आफैं छानबिन समितिका लागि सकरात्मक देखिएको छ भने केपी ओलीले अब के भनेर रोक्ने हो त?’ उनले भने ।

संसदीय छानबिन समितिको पूर्व अडानबाट पछि कांग्रेस नहट्ने निर्णय भएको पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी गराए । बैठक पछि प्रतिक्रिया दिँदै महतले नीति तथा कार्यक्रम संसदमा प्रस्तुत हुन दिने/नदिनेबारे संसदीय दलको भोलि बस्ने बैठकले निर्णय लिने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?