+

ललितपुर मेयर्स वुमन्स च्याम्पियनसिप : एपीएफको लगातार दोस्रो जित

२०८१ वैशाख  ३१ गते १२:०७ २०८१ वैशाख ३१ गते १२:०७
ललितपुर मेयर्स वुमन्स च्याम्पियनसिप : एपीएफको लगातार दोस्रो जित

३१ वैशाख, काठमाडौं । उपाधि दाबेदार नेपाल एपीएफ क्लबले तेस्रो संस्करणको ललितपुर मेयर्स वुमन्स च्याम्पियनसिपमा बागमती प्रदेशलाई ८ विकेटले हराउँदै लगातार दोस्रो जित हात पारेको छ ।

बागमतीले भने दुवै खेलमा हार व्यहोरेको छ ।

७४ रनको लक्ष्य पछ्याएको एपीएफले ११ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्‍यो । एपीएफको जितमा ममता चौधरी ३२ बलमा ५ चौकासहित ३५ रनमा नट आउट रहिन् । इन्दु बर्मा १७ र सीता रानामगर ११ रनमा आउट भइन् । राजमती ऐरी १० रनमा नट आउट रहिन् । बागमतीको एक विकेट खुसी डंगोलले लिएकी थिइन् ।

त्यसअघि त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको बागमती २० ओभरमा ६ विकेट गुमाउँदै ७३ रन बनायो । ओपनर हेलिसा गुरुङले ५० बलमा ३ चौकासहित सर्वाधिक ३१ र खुसी डंगोलले १४ रन बनाइन् । अन्य खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन् ।

एपीएफकी स्पिनर करुणा भण्डारीले ४ ओभरमा १० रन खर्चेर ४ विकेट लिइन् । सीता रानामगरले २ विकेट लिइन् । एपीएफले पहिलो खेलमा कोशी प्रदेशलाई २४ रनले हराएको थियो ।

बागमती पहिलो खेलमा ललितपुर मेयर्स-११ सँग ७ विकेटले पराजित भएको थियो । पाँच टोली सहभागी प्रतियोगिता शीर्ष दुई टोली फाइनल खेल्नेछन् ।

एपीएफ ललितपुर मेयर्स वुमन्स च्याम्पियनसिप
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय