+

मुटुलाई स्वस्थ राख्ने अनस्याचुरेटेड फ्याट कुन खानेकुराबाट पाइन्छ ?

२०८१ वैशाख  ३१ गते १८:३७ २०८१ वैशाख ३१ गते १८:३७
मुटुलाई स्वस्थ राख्ने अनस्याचुरेटेड फ्याट कुन खानेकुराबाट पाइन्छ ?

शरीरलाई बोसो (फ्याट) जरुरी हुन्छ, जुन हामी खानेकुराको माध्यमबाट प्राप्त गर्छौं । तर कस्तो बोसो तत्व ? यसमा भने सतर्क हुनुपर्छ ।

किनभने हामीले विभिन्न माध्यमबाट खाने बोसो तत्व (फ्याट) लाई तीन भागमा राखिएको छ– स्याच्युरेटेड, अनस्याच्युरेटेड र ट्रान्स फ्याट । यसमध्ये हाम्रो लागि अति राम्रो भनेको अनस्याचुरेटेड फ्याट हो । र, सबैभन्दा हानिकारक ट्रान्स फ्याट हो ।

ट्रान्स फ्याटले मुटुको संयन्त्रलाई हानि गर्छ भने अन स्याचुरेटेड फ्याटले मुटुलाई स्वस्थ राख्छ ।

स्याच्युरेटेड फ्याट

यो सामान्य तापक्रममा ठोस अवस्था हुन्छ । यो पशुजन्य बोसो हो, जो त्यति लाभदायक मानिंदैन । यसको अत्याधिक प्रयोगले रगतमा खराब कोलेस्टेरोल (एलडीएल)को मात्रा बढाउँछ ।

ट्रान्स फ्याट

यो एक प्रकारको अति खराब चिल्लो पदार्थ हो । यसले रगतमा खराब कोलेस्टेरोललाई बढाउनुका साथै राम्रो कोलेस्टेरोललाई पनि घटाउने काम गर्छ । त्यसैले यसको अत्याधिक सेवनले हृदयघात, मस्तिष्कघात, मधुमेह, उच्च रक्तचाप, मोटोपन, स्तन क्यान्सरजस्ता स्वास्थ्य समस्या देखा पर्छन् ।

वनस्पति र जनावर यसका स्रोत हुन् ।

अन स्याचुरेटेड फ्याट

अनस्याच्युरेटेड फ्याटलाई स्वस्थकर फ्याट भनिन्छ । यो प्रायः वनस्पति र त्यसबाट बनेका तेलमा पाइन्छ । सामान्य तापक्रममा यो फ्याट प्रायः तरल अवस्थामा पाइन्छ, जुन तेलको रूपमा हुन्छ । अनस्याचुरेटेड फ्याटले शरीरमा राम्रो कोलेस्टेरोल (एचडीएल) लाई बढाएर खराब कोलेस्टोरोल (एलडीएल) लाई घटाउँछ । यो दुई प्रकारका हुन्छन्, मोनो अनस्याचुरेटेड र पोलिअनस्याचुरेटेड फ्याट ।

मोनो अनस्याचुरेटेड फ्याटको स्रोत बिरुवा हुन् । जस्तै, ओलिभ तेल, एभोकाडो, फर्सी र सिसमका दानाबाट प्राप्त हुने तेल । विभिन्न अध्ययनले यो फ्याटले राम्रो कोलेस्टेरोल बनाउने र मुटुका लागि पनि राम्रो भएको देखाएका छन् । यो फ्याट भिटामिन ए, डी, ई र केलाई पचाउनका लागि पनि आवश्यक पर्छ । राम्रो फ्याटलाई नियन्त्रण गर्ने, सन्तुलनमा राख्ने र खराब कोलेस्टोरोललाई बढ्न नदिनु यसको काम हो ।

पोलिअनस्याचुरेटेड फ्याट

यो बिरुवामा आधारित फ्याट हो । यसको मुख्य स्रोत तोरीको तेल, मकै, जैतुन, बदाम, सोयाबिन वा सनफ्लावरको तेल प्रयोग गर्न सकिन्छ । बदाम, फर्सीको बिउ, पेस्टा, ओखरको तेल पनि अनस्याचुरेट फ्याट अन्तर्गत पर्छ ।

यसले खराब कोलस्टेरोलको स्तरलाई कम गर्छ, जसकारण मुटुसम्बन्धी रोग र स्ट्रोकको खतरा कम हुन्छ । यसबाहेक फ्याटले शरीरमा कोषहरु बन्न र विकसित हुन पोषक तत्व पनि प्रदान गर्छ ।

खराब कोलेस्टेरोलले धमनीमा बोसो जम्मा भएर रक्तसञ्चार अवरोध गर्ने काम गर्छ भने राम्रो कोलेस्टेरोलले रक्तसञ्चार राम्रो गराउने, रक्तचाप घटाउने र रगतमा फ्याटको मात्रा घटाउने गर्छ । साथै शरीरमा रोग प्रतिरोधात्मक क्षमता वृद्धिका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्छ ।

अनस्याचुरेटेड फ्याट आहार तथा पोषण प्रा. डा. राजेन्द्र कोजु मुटु
प्रा. डा. राजेन्द्र कोजु
लेखक
प्रा. डा. राजेन्द्र कोजु
मुटुरोग विशेषज्ञ

मेडिकल काउन्सिल दर्ता नम्बर : २०१६ कार्डियोलोजीमा एमडी धुलिखेल अस्पतालका प्रशासकीय निर्देशक, काठमाडौं विश्वविद्यालय स्कुल अफ मेडिकल साइन्सेजका पूर्व डिन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय