+

ओलम्पिक छनोट : श्यान्टु विजयी, संयोग प्रतिस्पर्धात्मक खेलमा पराजित

२०८१ वैशाख  ३१ गते १३:३६ २०८१ वैशाख ३१ गते १३:३६
ओलम्पिक छनोट : श्यान्टु विजयी, संयोग प्रतिस्पर्धात्मक खेलमा पराजित

३१ वैशाख, काठमाडौं । पेरिस ओलम्पिक २०२४ अन्तर्गत टेबलटेनिसको दक्षिण एसियाली छनोटको पुरुष एकलको समूह चरणको पहिलो खेलमा नेपाली खेलाडी श्यान्टु श्रेष्ठ पहिलो खेलमा विजयी भएका छन् भने संयोग कपाली प्रतिस्पर्धात्मक खेलमा पराजित भए ।

ग्रुप वानको खेलमा श्यान्टुले माल्दिभ्सका अहमद अख्यारलाई ४-१ ले हराए ।

ग्रुप टु को खेलमा संयोग कपाली माल्दिभ्सका अहमद मुसासँग प्रतिस्पर्धात्मक खेलमा ४-३ ले पराजित भए ।

सुरुवाती दुई सेट १२-१० र ११-६ ले आफ्नो पक्षमा पार्दै संयोगले राम्रो सुरुवात गरेपनि त्यसपछि अहमद मुसाले पुनरागमन गरेका थिए ।

अहमदले तेस्रो सेट १५-१३ र चौथो सेट ११-६ ले आफ्नो पक्षमा पार्दै खेल बराबरी गरे ।

पाँचौं सेट अहमदले ११-६ ले जितेर अग्रता लिएका थिए तर छैटौं सेट संयोगले ११-६ ले नै जितेर खेल ३-३ को बराबरीमा पुर्‍याए ।

त्यसपछि सातौं सेट ११-३ ले सहजै आफ्नो पक्षमा पार्दै अहमद मुसाले खेल जिते ।

आजै हुने खेलमा संयोगले बंगलादेशका अहमद मोहुतासिन रिदोए तथा श्यान्टुले बंगलादेशकै रामहिमलियन बावमसँग खेल्नेछ ।

आजै बिहान महपलातर्फ नविता श्रेष्ठ र इभाना थापाले विजयी सुरुवात गरेका थिए ।

टेबलटेनिस
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय