
३१ वैशाख, ओखलढुङ्गा । ओखलढुङ्गामा खोलामा पाहा मार्ने क्रममा एकजना बेपत्ता भएका छन् ।
आइतबार साँझ साढे सात बजेको समयमा चिशङ्खुगढी गाउँपालिका–७ ठोट्ने खोलामा साथीहरुसँग पाहा मार्न गएका सिद्विचरण नगरपालिका–५ चुप्लुका २९ वर्षीय सन्तोष राई बेपत्ता भएका हुन् ।
पाहा मार्ने क्रममा चिप्लिएर राई बेपत्ता भएका जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी निरीक्षक बालिस्टार सिंहले जानकारी दिए ।
प्रहरी टोली र स्थानीयको सहयोगमा बेपत्ता राईको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ ।
लेखकको बारेमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4