+
+

नेपालमा छायांकन गरिएको शो ‘द च्यालेन्जर्स’को प्रिमियर न्युयोर्क, मुम्बई र मनिलामा हुने

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख ३१ गते १४:४१

काठमाडौं । सगरमाथा क्षेत्रमा छायांकन गरिएको अमेजन प्राइमको रियालिटी शो ‘द च्यालेन्जर्स : गेम अफ द हिमालयज’ को प्रिमियर अमेरिकाको न्युयोर्कसहित भारतको मुम्बई, फिलिपिन्सको मनिला लगायत सहरमा आयोजना हुने भएको छ ।

निर्माता श्री गुरुङका अनुसार मे २५ तारिखमा न्युयोर्कको म्यानह्याटनस्थित विश्वचर्चित एएमसी फिल्म हलमा प्रिमियर हुन लागेको हो । अन्य सहरको प्रिमियर मिति भने तय हुन बाँकी रहेको जनाइएको छ ।

न्युयोर्क प्रिमियरमा राष्ट्रसंघीय अधिकारीहरु, न्युयोर्क सहरका मेयर, गभर्नरसहित नेपाली समुदायलाई निम्तो गरिने गुरुङले जानकारी दिए । उक्त अवसरमा नेपालको पर्वतीय क्षेत्रको जानकारी दिने भिडियो र सेसन पनि सञ्चालन हुनेछ ।

नेपाली सेलिब्रेटीलाई पनि प्रिमियरमा निम्तो दिने तयारी छ । यो रियालिटी शोमा नेपालसहित विश्वचर्चित ११ भ्लगरले उपाधिका लागि प्रतिस्पर्धा गरिरहेका छन् । जेठ अन्त्यमा औपचारिकरुपमा विजेता घोषणा गर्ने तयारी छ । विजेता एक लाख अमेरिकी डलर (एक करोड ३३ लाख रुपैयाँ) प्राप्त गर्नेछन् ।

अमेरिकामा भने अहिल्यै प्लाटफर्मका सब्सक्राइबरले यो शो हेर्न पाइरहेका छन् । नेपालबाट भने चाँडै हेर्न पाइने निर्माता गुरुङले जानकारी दिए । ‘नेपालको पर्यटन र संस्कृति प्रवर्द्धन गर्ने मुख्य उद्देश्य हाम्रो हो । यति लार्ज स्केल र विश्वकै चर्चित ओटीटी प्लाटफर्ममा हामीले जसरी शो गरिरहेका छौं, यसको सन्देश विश्वभर फैलिएको छ । हामी शोबाट टुरिजम प्रमोट गर्न चाहन्छौं,’ गुरुङले न्युयोर्कबाट अनलाइनखबरसँग भने ।

दुई नेपाली भ्लगर विश्वास राई र निशा खालिङ प्रतिस्पर्धामा छन् । भारतबाट एमटीभी रोडिज विजेता आशिष भाटिया, इण्डिया भ्लग च्यालेन्ज विजेता क्यामरावालेभाइ र अटो भ्लगर विशाखा फुलसुंगे पनि प्रतिस्पर्धामा छन् ।

अमेरिकी युट्युब हाइकर क्र्याग एडम्स र ड्रोन पाइलट स्टिल डेविस, थाइल्यान्डका नाथन बार्टलिंग, लुक मी, फिलिपिन्सका विल दासोविच र कोलम्बियाका क्रेयटर जुनेन्स वेलेजले शोमा प्रतिस्पर्धी छन् । यी सबै प्रतिस्पर्धीलाई चर्चित आरोहीहरु कामिरिता शेर्पा, निर्मल पूर्जा लगायतले गाइड गरिरहेका छन् ।

लुक्लादेखि सगरमाथा आधारशिविरसम्म १२ दिनसम्म भ्लगरले गरेको साहसिक यात्रा र गतिविधिबारे शो बनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?