+
+

मुख्यमन्त्रीलाई विश्वासको मत दिन्छौं : आङ्बो

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख ३१ गते १४:५३

३१ वैशाख, विराटनगर । नेकपा माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई विश्वासको मत दिने बताएका छन् ।

मुख्यमन्त्री कार्कीले विश्वासको मत मागेपछि बोल्ने क्रममा उनले सरकार गठन प्रक्रियामा सहभागी भएका कारण विश्वासको मत दिने बताएका हुन् ।

बहुमत सत्ता पक्ष र अल्पमत प्रतिपक्षमा रहने बताउँदै उनले राजीनामा दिन्नँ र विश्वासको मत पनि लिन्नँ भन्नु गलत रहेको बताए ।

संविधानको धारा १६८ को उपधारा ५ अनुसार नियुक्त भएका निवर्तमान मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत नलिने र राजीनामा नदिने अडानमा थिए । पदमुक्त भएपछि उनी सर्वाेच्च अदालत पुगेका छन् ।

उपधारा ५ को सरकार गठनको प्रक्रियाका बारेमा न्यायिक परीक्षण हुनु सकारात्मक रहेको आङ्बोले बताए ।

संवैधानिक परीक्षणमा गएको विषयले विश्वासको मत लिने प्रक्रियालाई प्रभाव नपार्ने बताउँदै कांग्रेस बैठकमा अनुपस्थित हुनु गम्भीर विषय भएको उनले बताए ।

उनले भने, ‘लोकतन्त्र मान्ने दल संसद् बैठकमा अनुपस्थित हुनु सामान्य अवस्था होइन । कांग्रेसको कारण बोलचाल नै बन्द हुने अवस्थामा रहेका कम्युनिस्ट पार्टीहरू एक ठाउँका उभिएका छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?