+
+

प्रभु इन्स्योरेन्स अध्यक्षमा राजेन्द्र मल्ल

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख ३१ गते १२:१७
फाइल तस्वीर

३१ वैशाख, काठमाडौं । प्रभु इन्स्योरेन्सको अध्यक्षमा राजेन्द्र मल्ल चयन भएका छन् ।

प्रभु इन्स्योरेन्सको २८औं वार्षिक साधारणसभाले मल्ललाई अध्यक्षमा चयन गरेको हो ।

निर्जीवन बीमा व्यवसायी संघका अध्यक्ष समेत रहेका मल्ल प्रभु इन्स्योरेन्सको अध्यक्ष चयन भएका हुन् ।

इन्स्योरेन्स सदस्यहरूमा सञ्चालकको तर्फबाट मिजास भट्टचन, राहुल थोकर लामा र शान्ता गौतम चयन भएका छन् भने सर्वासाधरण सेयर धनीका तर्फबाट रामेश्वर सापकोटा र साङगे लामा चयन भएका छन् ।

नेपाल चेम्बर अफ कमर्सका निर्वतमान अध्यक्ष समेत रहेका मल्ल निर्जिवन व्यवसायको क्षेत्रमा लामो समयदेखि संलग्न छन् । उनले अन्य विभिन्न व्यावसायिक संघ, संस्था तथा कम्पनीको नेतृत्व गरिरहेका छन् ।

प्रभु इन्स्योरेन्सको व्यावसायिक क्षमता अभिवृद्धिका लागि आफ्नो कार्यकालमा थप योजना अघि बढाउने अध्यक्ष मल्लले बताए ।

निर्जीवन बीमा क्षेत्रमा जनचेतना अभिवृद्धि एवम् व्यावसायिक हितका लागि आफूले पहल गर्ने अध्यक्ष मल्लको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?