+
+

अनेरास्ववियूले दुई दिने शैक्षिक गोष्ठी गर्ने

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख ३१ गते १५:५८

३१ वैशाख, काठमाडौं । नेकपा एकीकृत समाजवादीको विद्यार्थी संगठन अनेरास्ववियूले दुई दिने शैक्षिक गोष्ठी गर्ने भएको छ ।

विद्यार्थी आन्दोलनको इतिहासलाई सम्झना गर्दै १ र २ जेठमा त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस कीर्तिपुरमा २ दिने शैक्षिक गोष्ठी गर्न लागिएको अध्यक्ष आरती लामाले जानकारी दिइन् ।

गोष्ठीको पहिलो दिन तीन र दोस्रो दिन पाँच गरी ८ वटा छलफल कार्यक्रम राखिएको छ । ‘विद्यमान शैक्षिक प्रणालीका विविध आयामबारे सम्बन्धित विज्ञहरुसँग गम्भीर बहस गर्नेछौं’, उनले भनिन् ।

गोष्ठीको पहिलो दिन शिक्षण विधिको राजनीति र विचारको लडाईं, विद्यार्थी आन्दोलनः विगतको सिकाइ र आजको तयारी, शिक्षा प्रणालीमा विश्व पूँजीवादको प्रभाव विषयमा बहस हुनेछ ।

दोस्रो दिन समाजवाद र शिक्षा, विश्वविद्यालय जीवनमा नवउदारवादको प्रभाव, अनियन्त्रित पूँजीवाद र आधारभूत शिक्षा, समाजवादी शिक्षाको बाटोलगायतका विषयमा छलफल हुनेछ । गोष्ठीको उद्घाटन एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?