+
+

विश्वासको मत पाएपछि कोशीका मुख्यमन्त्रीले भने : यो हप्ताभित्र सरकार विस्तार गर्छौं

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख ३१ गते १६:११

३१ वैशाख, विराटनगर । कोशीका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले यो हप्ताभित्र सरकार विस्तार गर्ने बताएका छन् ।

सोमबार प्रदेशसभामा विश्वासको मत लिएपछि उनले पत्रकारहरुसँग कुराकानी गर्दै ढिलोमा यो हप्ताभित्र सरकार विस्तार गरिसक्ने बताए । सरकारमा तत्काल एमाले र माओवादी केन्द्रमात्र सामेल हुने कार्कीले बताए ।

जनता समाजवादी पार्टी दल विभाजना भएको र निर्वाचन आयोगले प्रदेशसभा सदस्यलाई दल रोज्न समय दिएकाले तत्काल उसलाई सरकारमा सहभागी नगराउने मुख्यमन्त्री कार्कीको भनाइ छ । कोशीमा जनता समाजवादी पार्टी नेपालको एक जना मात्र सांसद निर्मला लिम्बू छिन् ।

त्यस्तै सोमबार मुख्यमन्त्रीलाई विश्वासको मत दिएको एकीकृत समाजवादीले तत्कालका लागि विपक्षमा नै बस्ने भनेकाले उसलाई पनि सरकारमा सहभागी नगराउने मुख्यमन्त्री कार्कीको भनाइ छ ।

सोमबार कोशी प्रदेशमा उनले विश्वासको मत माग्दा एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाका गरी ५७ प्रदेशसभा सदस्यले मत दिएका छन् । नेपाली कांग्रेसले बैठक बहिस्कार गर्‍यो भने राप्रपा तटस्थ बसेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?