
३१ वैशाख, गोरखा । प्रारम्भिक कक्षाका बालबालिकाहरुमा पढ्ने सीप र बानीको विकासमा सहयोग गर्ने उद्देश्यले सञ्चालित साक्षरता कार्यक्रम गोरखाका थप ५० सामुदायिक विद्यालयमा विस्तार भएको छ ।
अजिरकोट गाउँपालिकाका १४, बारपाक सुलिकोट गाउँपालिकाका १०, शहीद लखन गाउँपालिकाका १०, पालुङटार नगरपालिकाका १० र सिचानचोक गाउँपालिकाका ६ सामुदायिक विद्यालयमा कार्यक्रम विस्तार गरिएको एकिकरण नेपालका कार्यकारी निर्देशक हरि देवकोटा जानकारी दिए ।
यो कार्यक्रमले प्रारम्भिक कक्षाका बालबालिकालाई आधारभूत साक्षरता सीप सिकाउनुका साथै उनीहरुको उमेर र रुचि सुहाउँदा पुस्तकमा पहुँच बढाई पठन संस्कृतिको विकासमा सहयोग गरिरहेको छ ।
अजिरकोटको प्रभा माविकी शिक्षिका शोभा गुरुङले साक्षरता कार्यक्रम लागु भएपछि आफ्नी छोरीमा धेरै परिवर्तन आएको महसुस गरेको बताइन् ।
यो कार्यक्रम सञ्चालनका लागि स्थानीय तहले कक्षाकोठाको बसाइ व्यवस्थापन तथा पुस्तकालयका लागि फर्निचर उपलब्ध गराएको छ भने रुम टु रिड र एकिकरण नेपालले शिक्षकको पेशागत क्षमता विकासका साथै कक्षा तथा पुस्तकालयका लागि सामग्री सहयोग गर्ने गरेको छ ।
प्रतिक्रिया 4