+
+

माधव नेपालको प्रतिवेदन : रास्वपा मध्यदक्षिणपन्थी पार्टी

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख ३१ गते १७:३५

३१ वैशाख, काठमाडौं । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले राष्ट्रिय स्वतन्त्र पार्टी मध्यदक्षिणपन्थी पार्टी भएको टिप्पणी गरेका छन् ।

सोमबार पार्टीको पोलिटव्यूरो बैठकमा छलफल लागि पेश गरेको प्रतिवेदनमा अध्यक्ष नेपालले रास्वपाको दर्शन, सिद्धान्त, विचार र कार्यदिशा स्पष्ट नभएको उल्लेख गरेका छन् ।

रास्वपा पूँजीवादी चरित्रको पार्टी भएको उल्लेख गर्दै नेपालले यस दलको संविधान, गणतन्त्र र सङ्घीयताप्रति दृष्टिकोण स्पष्ट नभएको प्रतिवेदनमा उल्लेख गरेका छन् ।

‘नवउदारवादको वकालत गर्ने यस पार्टीले आफूलाई मध्य दक्षिणपन्थीको रूपमा प्रस्तुत गर्ने गरेको छ’, प्रतिवेदनमा भनिएको छ, ‘त्यसैबाट स्पष्ट हुन्छ कि यस पार्टीले दक्षिणपन्थी दृष्टिकोण राख्दछ । यसले दलाल पूँजीपति वर्गको समेत हित प्रतिनिधित्व गर्दछ ।’

रास्वपा सस्तो लोकप्रिय नारा दिएर उदाएको पार्टीका रुपमा उनले व्याख्या गरेका छन् ।

‘यो पार्टी प्रतिनिधि सभाको विघटन र नेकपाको विभाजनले उत्पन्न गरेको राजनीतिक अन्योल र सामाजिक निराशाको परिस्थितिमा सस्तो लोकप्रिय नारा दिएर उदाएको पार्टी हो’, नेपालले प्रतिवेदनमा भनेका छन्,‘सस्तो लोकप्रियतावादले सर्वसाधारण जनतामा भ्रम दिएर प्रतिक्रियावादको सेवा गर्ने गर्दछ । यस पार्टीले पनि त्यही भूमिका निर्वाह गर्दै आएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?