+
+

सिंहदरबारमा प्रचण्ड, ओली र रवि छलफलमा

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख ३१ गते १७:४८

३१ वैशाख, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं गृहमन्त्री रवि लामिछानेबीच छलफल सुरु भएको छ ।

शीर्ष तहका तीन नेताबीच प्रधानमन्त्री कार्यालय सिंहदरबारमा छलफल जारी छ । चितवनबाट फर्किए लगत्तै सत्ता गठबन्धनका तीन दलबीच छलफल सुरु भएको हो । तीन दलको छलफलपछि प्रधानमन्त्री प्रचण्डले आजै प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेससँग संवाद गर्ने बताइएको छ ।

कांग्रेसले सहकारी प्रकरणमा संसदीय छानबिन समिति गठन गर्न माग गर्दै आएको छ । प्रधानमन्त्री प्रचण्ड छानबिन समितिप्रति सकारात्मक रहेपनि सत्ताको प्रमुख दल एमाले समिति बनाउन नहुने पक्षमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?