+

अस्ट्रेलियामा तेक्वान्दो खेलाडी निमाले जितिन् स्वर्ण

२०८१ वैशाख  ३१ गते १७:५१ २०८१ वैशाख ३१ गते १७:५१
अस्ट्रेलियामा तेक्वान्दो खेलाडी निमाले जितिन् स्वर्ण

३१ वैशाख, काठमाडौं । निमा गुरुङले एनएसडब्लु खुला तेक्वान्दो प्रतियोगितामा स्वर्ण जितेकी छन् ।

अस्ट्रेलियन तेक्वान्दो एनएसडब्लुको आयोजनामा भएको प्रतियोगिताको महिला ७३ केजीमुनि निमाले भारतकी आइशा चहल र अस्ट्रेलियाकी सिना मनलाई पराजित गरी स्वर्ण जितेकी हुन् ।

भारत र नेपालमा भएको क्रमशः १२ र १३ औं दक्षिण एसियाली खेलकुद (साग) की रजत विजेता निमाले २०१६ मा फिलिपिन्सको मनिलामा भएको एसियाली ओलम्पिक छनोटमा कांस्य जितेकी थिइन् ।

प्रतियोगितामा भुपेन श्रेष्ठले पुरुष ८७ केजीमुनि रजत जित्न सफल भए । १३ औं सागका स्वर्णधारी भुपेन फाइनलमा अस्ट्रेलियाका आइडेन स्टिलीसंग पराजित भएका थिए

खेलकुद तेक्वान्दो
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय