
३१ वैशाख, काठमाडौं । ललितपुर महानगरपालिका–४ नख्खुदोबाटोमा बसको ठक्करबाट स्कुटरमा सवार एक महिलाको मृत्यु भएको छ ।
बा ४ ख १०४ नम्बरको बसले बागमती प्रदेश ०१ ०२–०५१ प ३८५० नम्बरको स्कुटरलाई सोमबार दिउँसो ठक्कर दिँदा स्कुटरमा सवार सोही महानगरपालिका–२६ ढोलाहिटी बस्ने ४६ वर्षीया सविता थापाको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएकी उनको अल्का अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका स्कुटर चालकको सोही अस्पतालमा उपचार भइरहेको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4