+
+

सहकारी ठगीको विषय उठाएर कांग्रेसले भ्रातृ संस्थालाई सडकमा उतार्दै

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख ३१ गते १८:११
तरुण दलका अध्यक्ष विद्वान गुरुङ र महिला संघकी अध्यक्ष उषा राउत

३१ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका भ्रातृ संस्थाहरूले सहकारी पीडितको पक्षमा सडक प्रदर्शन गर्ने भएका छन् ।

तरुण दल र महिला संघले सडक प्रदर्शनको कार्यक्रम घोषणा गरेका हुन् ।

तरुण दलले २ जेठमा माइतीघरमा प्रदर्शन गर्ने अध्यक्ष विद्धान गुरुङले विज्ञप्तिमार्फत जानकारी गराएका छन् । देशभर रहेका लाखौं सहकारी पीडितको पक्षमा आन्दोलन सुरु गर्ने निर्णय भएको उनले बताएका छन् ।

महिला संघले १ जेठमा रत्नपार्क शान्ति वाटिकमा प्रदर्शन गर्ने निर्णय गरेको छ । सहकारी पीडितको रकम फिर्ता गराउन, सहकारी समस्याको दिगो समाधान निकाल्न र पीडकलाई कानुनी दायरामा ल्याउन दबाब दिने उद्देश्यले विरोध गर्न लागिएको महिला संघ अध्यक्ष उषा राउत मिश्रले जानकारी दिइन् ।

नेपाल विद्यार्थी संघले १ जेठमा सबै जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउने भएको छ ।

माउ पार्टी कांग्रेसले संसदीय छानबिन समितिको माग गर्दै संसद्‌मा निरन्तर आवाज उठाइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?