+

गुजरातको पनि प्लेअफ सम्भावना सकियो

२०८१ जेठ  १ गते ६:२५ २०८१ जेठ १ गते ६:२५
गुजरातको पनि प्लेअफ सम्भावना सकियो

१ जेठ, काठमाडौं ।  इन्डियन प्रिमियर लिग (आईपीएल) मा गुजरात टाइटान्सको पनि प्लेअफ सम्भावना सकिएको छ ।

घरेलु मैदान अहमदाबादमा सोमबार राति कोलकाता नाइट राइडर्ससँगको खेल वर्षाका कारण रद्द भएसँगै गुजरातको अघिल्लो यात्रा पनि रोकिएको हो ।

टस नै हुन नसकेपछि दुवै टोलीले एक/एक अंक बाँडे । यो नतिजापछि १३ खेलबाट जम्मा ११ अंक जोडेको गुजरात ८औं स्थानमा छ । र, एक खेलमात्रै खेल्न बाँकी छ ।

यसअघि गुजरात लगातार दुई संस्करणमा फाइनलमा पुगेको थियो । एकपटक उपाधि जितेको थियो ।

यसअघि नै प्लेअफमा पुगेको कोलकताको भने शीर्ष दुईको स्थान पक्का भएको छ । कोलकाताले एक खेल खेल्न बाँकी हुँदा १९ अंक जोडेर शीर्ष स्थानमा छ । दुई खेल खेल्न बाँकी राजस्थान रोयल्स १६ अंकका साथ दोस्रो स्थानमा रहेको छ ।

मुम्बइ इन्डियन्स र पञ्जाब किंग्स भने यसअघि नै बाहिरिसकेका छन् ।

आईपीएल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय