+
+

खडेरीले पनि रोकेन मेहनती गुल्मी सेउघाका किसानलाई

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ १ गते ६:३४

१ जेठ, गुल्मी । गुल्मीको सेउघामा ९ महिने खडेरीमा पनि तरकारी खेती गरेर स्थानीय किसानले मनग्गे आम्दानी गरेका छन् । रेसुंगा नगरपालिका–४, सेउघाका झवी पाण्डे र चुरा कुँवरले खडेरीको समयमा पनि तरकारी उत्पादन  गरेर मनग्गे आम्दानी गरेका हुन् ।

पाण्डे र कुँवर मिलेर पछिल्लो केही वर्ष यता सेउघाको डाँडामा २० रोपनी जग्गा भाडामा लिएर तरकारी खेती गर्दै आएका छन् । भगवती कृषि फर्म दर्ता गरेर पाण्डे र कुँवरले यही सिजनमा मात्रै बन्दा, सिमी, काँक्रो, बोडी, फर्सी लगायतका तरकारी उत्पादन गरेका छन् ।

यो सिजनमा उत्पादित तरकारीले राम्रो मूल्य पनि पाएको छ ।

कृषक झवी पाण्डे सामाजिक कार्यसँगै तम्घास बजारमा खाद्यान्न पसल पनि गर्दछन् ।  उनले व्यवसायबाट मात्रै वार्षिक २ लाख रुपैयाँभन्दा बढी कर बुझाउने गरेको बताउँछन् । खाली समय सदुपयोग गरेर काम गर्दा ताजा तरकारी आफैंले पनि खान पाइने र बिक्री गरेर आम्दानी पनि हुने उनले सुनाए ।

मौसमी र बेमौसमी तरकारी उत्पादन गर्दै आएका पाण्डे र कुँवरले कृषि फर्ममा  स्थानीय ४ जनालाई रोजगारी समेत दिएका छन् । उनीहरुले उत्पादन गरेको तरकारी तम्घास बजारमा बिक्री हुने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?