+
+

जसपा नेपालको केन्द्रीय समिति बैठक आज पनि बस्दै

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ १ गते ८:५५

१ जेठ, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय समिति बैठक आज पनि बस्दैछ ।

बैठक बिहान ११ बजेदेखि ललितपुरस्थित ज्यापू प्रज्ञा भवनमा हुने प्रचार-प्रसार तथा प्रकाशन केन्द्रीय विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।

आज बस्ने बैठकमा पार्टीको आगामी जेठ २८ गतेदेखि हुने महाधिवेशनको एजेन्डामाथि छलफल हुनेछ ।

जसपा नेपालको केन्द्रीय समिति बैठक सोमबार पनि बसेको थियो । आजको बैठकमा नेताहरूले धारणा राख्ने क्रम पनि जारी हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?