+
+

कांग्रेसले नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिने

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ १ गते १०:२८

१ जेठ, काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले राष्ट्रपतिलाई सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिने निर्णय गरेको छ ।

मंगलबार बसेको संसदीय दलको बैठकले राष्ट्रपतिले सरकारको नीति तथा कार्यक्रम पेश गर्दा अवरोध नगर्ने निर्णय गरेको हो ।

तर, त्यसछि सरकारले ल्याएको कुनै पनि कार्यसूचीमा प्रवेश नगर्ने उसको निर्णय छ । कांग्रेस प्रमुख सचेतक रमेश लेखकले भने, ‘संघीय संयुक्त बैठकमा भाग लिन्छौं, राष्ट्रपतिको सम्बोधन सुन्छौं । तर त्यसपछि सरकारले ल्याएका कुनै पनि कार्यसूचीमा हामी प्रवेश गर्दैनौं ।’

संघीय संसदको बैठक दिउँसो ३ बजे बोलाइएको छ, जहाँ राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम पेस गर्ने कार्यसूची छ ।

साँझ ६ बजे प्रतिनिधि सभाको बैठक बोलाइएको छ । सहकारी अनियमितामा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको संलग्नताबारे छानबिनका लागि संसदीय समिति गठन नगरे त्यो बैठक अवरुद्ध गर्ने कांग्रेसको तयारी छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?