+
+

गिरीबन्धुको फैसला कांग्रेसले संसद्‌मा उठाउने

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ १ गते १०:५४

१ जेठ, काठमाडौं । राजनीतिक नेतृत्व मौन रहेका बेला कांग्रेसले गिरीबन्धुको फैसलालाई संसदमा उठाउने भएको छ ।

कांग्रेस महामन्त्री गगन थापाले गिरी बन्धु टी स्टेट प्रकरण र सर्वोच्चले गरेको फैसलाबारे संसदमा सशक्तरुपमा प्रस्तुत हुने बताए ।

आज बसेको कांग्रेस संसदीय दलको बैठकमा महामन्त्री थापाले गिरी बन्धु टी स्टेटबारे ब्रिफिङ गरेका थिए ।

उनले सांसदहरूलाई संसदका साथै सडकमा पनि सशक्तरुपमा उठाउन निर्देशन समेत दिएका छन् ।

गिरीबन्धुको फैसलाबारे राजनीतिक नेतृत्व मौन रहेको भन्दै आलोचना भइरहेको छ ।

सर्वोच्चको फैसलामा चिया उत्पादनमा नभएको जग्गा सरकारीकरण गर्न भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?