+
+

संसद् भवनमा राष्ट्रपति सवारीको रिहर्सल

आर्यन धिमाल आर्यन धिमाल
२०८१ जेठ १ गते ११:३५

१ जेठ, काठमाडौं । सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुने संघीय संसद भवनलाई सिंगारिएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आज तीन बजे बस्ने संघीय संसदको बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन् ।

राष्ट्रपति आउनुअघि उनको सवारीको रिहर्सलसमेत गरिएको छ । रिहर्सलमा सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष नारायण दहाल, संसद सचिवालयका कर्मचारी, मर्यादापालक र सुरक्षाकर्मीहरु सहभागी थिए ।

संसद भवन भित्र र बाहिर सुरक्षा व्यस्था चुस्त बनाइएको छ । सुरक्षाकर्मीहरुसँगै तालिमप्राप्त कुकुरसमेत परिचालन गरिएको छ ।

संघीय संसद भवनलाई राष्ट्रिय झण्डा, तोरन र फूलले सजाइएको छ । पानीको फोहोरा फ्यांक्ने फाउन्टेन पनि चलाइएको छ ।

 

लेखकको बारेमा
आर्यन धिमाल

धिमाल अनलाइनखबरका फोटो पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?