
१ जेठ, काठमाडौं । सरकारले १६औं पञ्चवर्षीय योजना पारित गरेको छ ।
मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले १६औं पञ्चवर्षीय योजना पारित गरेको हो ।
सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले विभिन्न चरणमा छलफल भएर १६औं योजना पारित गरेको जानकारी दिइन् ।
आजको बैठकले राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गर्ने आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम पनि पारित गरेको छ ।
सरकारको तर्फबाट आज दिउँसो ३ बजे राष्ट्रपति पौडेलले आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दैछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4