+
+

‘मोदीबेनी’को रिलिज साउन १८ मा हुने

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ १ गते १२:१५

काठमाडौं । वर्षा सिवाकोटी, रेजिना उप्रेती र सरोज खनाल स्टारर फिल्म ‘मोदीबेनी’को प्रदर्शन मिति तय भएको छ । निर्माताले फिल्मको प्रदर्शन साउन १८ देखि हुने जनाएका छन् ।

निर्माता दिलीप केसीले अनुकूल समय हेरेर फिल्म प्रदर्शनमा ल्याउन लागिएको बताए । डेब्यु निर्देशक शंकर कोइराला निर्देशित फिल्मले पर्वत जिल्लाको मोदीबेनी क्षेत्रमा घटेको अविश्वसनीय घटनामा आधारित कथा भन्ने जनाइएको छ ।

यो फिल्मबाट अमरप्रताप श्रेष्ठले एक्टरको रुपमा डेब्यु गर्दैछन् भने उनको अपोजिटमा वर्षाको अभिनय छ । यो फिल्मबाट रेजिनाले दशकपछि कमब्याक गर्दैछिन् ।

फिल्ममा प्रवीण खतिवडा, कमलमणि नेपाल, जीवन भट्टराई, सरोज अर्याल, अनामिका लामिछाने, स्नेहा भट्टराईको अभिनय छ । डिनेस्ट इन्टरटेनमेन्टको प्रस्तुतिमा बनेको यो फिल्मलाई आनन्दविक्रम क्षेत्रीले लेखेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?