+
+

कांग्रेसले सभामुखलाई भन्यो : छानबिन समिति नबनेसम्म विरोध जारी रहन्छ

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ १ गते १३:४२

१ जेठ, काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सहकारीको रकम अपचलनबारे संसदीय छानबिन समिति नबनेसम्म संसदमा विरोध जारी रहने बताएको छ ।

कांग्रेसकी सचेतक सुशीला थिङले मंगलबार संघीय संसदको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम पेस गर्दा अवरोध नगर्ने बताएकी छन् । तर, त्यसपछि राष्ट्रपतिलाई धन्यवाद दिन बस्ने प्रतिनिधिसभा बैठक भने अवरोध गर्ने उनले सभामुख देवराज घिमिरेलाई जानकारी गराएकी छन् ।

‘कांग्रेसले नीति तथा कार्यक्रम प्रस्तुत गर्न सहयोग गर्छ । तर, त्यसपछि धन्यवाद प्रस्ताव टेबुल गर्ने प्रयोजनका लागि बोलाइएको बैठकमा विरोध जारी रहन्छ’, सभामुखसँगको छलफलमा सचेतक थिङले भनेकी छन्, ‘छानबिन समिति नबनेसम्म संसदमा हाम्रो विरोध कार्यक्रम रहिरहन्छ ।’

उक्त छलफलमा नेपाली कांग्रेसकी सचेतक थिङ, एमालेका प्रमुख सचेतक महेश बर्तौला, माओवादी केन्द्रका मुख्य सचेतक हितराज पाण्डे, कानुन न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरी उपस्थित थिए ।

दिउँसो ३ बजे संघीय संसदको संयुक्त बैठक बस्दैछ । जहाँ राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम पेस गर्नेछन् । साँझ ६ बजे प्रतिनिधि सभाको बैठक बस्दैछ । उक्त बैठकमा राष्ट्रपतिलाई धन्यवाद दिने लगायतका कार्यसूची छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?