+
+

सेवाग्राहीसँग सीडीओको १ घण्टा

कार्यक्रमको नाम ‘सेवाग्राहीसँग प्रमुख जिल्ला अधिकारी’ राखिएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ १ गते १३:३५

१ जेठ, काठमाडौं । जिल्ला प्रशासन कार्यालय दैलेखका प्रमुख जिल्ला अधिकारी (सीडीओ) खिमराज भुसालले सेवाग्राहीसँग १ घण्टा कार्यक्रम सुरु गरेका छन् ।

सीडीओ भुसालले दैनिक १ बजेदेखि दिउँसो २ बजेसम्म सेवाग्राहीसँग समय बिताउने तालिका बनाएर कार्यक्रम सुरु गरेका हुन् ।

यसका लागि उनले खाजा खाने समयमा प्रशासन कार्यालय परिसरको प्रतिक्षालयमा गएर सेवाग्राहीको पीरमर्का तथा गुनासो सुन्ने गर्छन् ।

यो कार्यक्रमको नाम ‘सेवाग्राहीसँग प्रमुख जिल्ला अधिकारी’ राखिएको छ । कार्यालयका कर्मचारीको व्यवहार, सेवा लिन लागेको समय तथा सुधारका लागि सुझाव सेवाग्राहीसँग लिने गरिएको सीडीओ भुसालले बताए ।

‘सेवाग्राहीको गुनासो सुनेपछि कुनै समस्या भएमा र समस्याको प्रकृति हेरी तत्कालैसमेत समाधान गर्ने गरिएको छ । यो कार्यक्रमले सेवाग्राहीको मनोभाव बुझेर सुधार गर्न ठूलो सहयोग मिलेको छ,’ भुसालले अनलाइनखबरसँग भने ।

यो बाहेक कार्यक्रममा लैङ्गिक हिंसाका घटना, लागुऔषध दुर्व्यसनी, जातीय विभेदका विषयमा पनि सेवाग्राहीसँग छलफल गर्दै आएको भुसालले बताए ।

त्यसैगरी विकास निर्माणको अवस्था, सार्वजनिक जग्गा अतिक्रमणबारे पनि जानकारी लिएर काम गर्ने गरिएको भुसालले बताए । जिल्ला प्रशासन कार्यालय मातहतका अन्य कार्यालयको सेवा प्रवाहको अवस्था बुझेर सुझावका लागि कार्यालय प्रमुखलाई जानकारी दिने गरिएको भुसालले बताएका छन् ।

यो कार्यक्रमअन्तर्गत स्वास्थ्य शिविरसमेत सञ्चालन गरिएको छ । कार्यालयमा स्वास्थ्यकर्मीलाई १२ बजेदेखि २ बजेसम्म राखेर निःशुल्क स्वास्थ्य जाँच गर्नुका साथै औषधिसमेत दिने गरिएको छ । कार्यालयमा हेल्थ डेस्क, दलित डेस्क, स्तनपान कक्षको व्यवस्था गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?