+
+

कोशी प्रदेश सांसद निर्मला लिम्बुले रोजिन् अशोक राई नेतृत्वको जसपा

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ १ गते १३:३९

१ जेठ, विराटनगर । कोशी प्रदेशसभामा जनता समाजवादी पार्टी नेपालबाट निर्वाचित सांसद निर्मला लिम्बुले अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी रोजेकी छन् ।

जसपा नेपाल विभाजित भएपछि उक्त दलबाट निर्वाचित जनप्रतिनिधिलाई दल रोज्न निर्वाचन आयोगले समय दिएको थियो । मंगलबार लिम्बुले विराटनगरस्थित प्रदेश निर्वाचन कार्यालयमा गई आफू अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीमा रहने भनी सनाखत गरेकी हुन् ।

अनलाइनखबरसँगको कुराकानीमा लिम्बुले आफूले दल विभाजन भएपछि राई नेतृत्वको जसपा रोजेको बताइन् । कोशी प्रदेशसभामा जसपा नेपालबाट लिम्बु एकमात्र सांसद थिइन् । उनले जसपा रोजेपछि उपेन्द्र यादव नेतृत्वको पार्टीको कोशी प्रदेशसभामा कुनै सांसद बाँकी छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?